काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सोहि अवधिमा ७५ जना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६ हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाएका छन् । हाल एक लाख एक हजार ८३९ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।
त्यस्तै, हाल ८३१ जना क्वारेन्टिनमा छन् ।