काठमाडौँ - चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको भेरोसिल खोप मंगललबार (आज) देखि लगाउन सुरु गरिँदै छ ।
सो खोप देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए।
डा गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँ बाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिए।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ।