काठमाडौं- कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक वर्ष २०७८ ७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशले यसपटकको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्णाली प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, कोभिड पुष्टि भएका नागरिकलाई निःशुल्क उपचार तथा पोषिलो खानेकुराको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
त्यस्तै भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका नागरिकलाई नाकाहरूमा कोरोना परीक्षण गरिने, उच्च हिमाली जिल्लामा कोरोनाका जटिल बिरामीलाई हवाई उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगेर उपचार गरिने जस्ता कार्यहरु समाबेश गरिएको छ ।
यस्तै कोरोना संक्रमितको मनोबल बढाउन विज्ञ तथा स्वास्थ्यकर्मीबाट ध्यान, योग गराइनुका साथै प्रदेशका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक खटाइने घोषणा गरिएको छ।