काठमाडौं- बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन जोर–विजोर प्रणालीबाट चल्न पाउने गरी एक साता निषेधाज्ञा थप गरिएको छ ।
बाकेँ जिल्ला प्रमुख अधिकारी शिवराम गेलालका अनुसार सार्वजनिक यातायातका सवारीसाधन जोर–विजोर प्रणालीबाट चल्न पाउने गरी एक साता निषेधाज्ञा थप गरिएको छ ।
त्यस्तै, बजार व्यवसाय विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत राखीएको साथै भिडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सिनेमा हल , पार्क, सेमिनार, गोष्ठि, भेला, र्याली, प्रदर्शन लगायतका क्षेत्रमा भने प्रतिबन्ध कायम रहेको प्रमुख अधिकारी गेलाल बताए ।
दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा र वैशाख १३ गतेदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरिएको थियो ।