काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भनेसोहि अवधिभरमा ९०७ संक्रमितको मृत्यु भएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १५ हजार ९१० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित रहेका छन् ।
यस्तै भारतमा थप ९०७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।