काठमाडौं- कोभिड १९ को लागि सरकारले तोकेका सरकारी तथा सरकारले सेवा सम्झैता गरेका सबै नीजी अस्पतालहरु मध्य अब उपरान्त सरकारी र प्रतिष्ठानहरुबाट मात्रै कोरोनाको उपचार गरिने भएको छ ।
सरकारले संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको स्वास्वाथ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।
डा.अधिकारीका अनुसार यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई हिलोको मितिसम्म भर्ना भएकाहरुको मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध गराइने छैन ।
साथै, निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।