काठमाडौं- नेपाल औषधी उत्पादन संघ (एपोन) आज स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयलाई प्राकृति प्रकोप एवम् प्रभावित क्षेत्रको लागि ४० लाख बराबरको अत्यावश्यक औषधी हस्तारण हस्तान्तरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित सम्छिप्त कार्यक्रममा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई हस्तान्तरण गरेका हुन् ।
एपोनमा आवद्ध झण्डै ५० वटा कम्पनीले उपलव्ध गराएको १४६ प्रकारका औषधिहरु हस्तान्तरण गरेको एपोनका महासचिव विप्लव अधिकारीले बताए । उनले भने, ‘हामीले खासगरी बाढी पहिरो पिडीत तथा कोरोना महामारीमा सरकारले आवश्यक ठानेको ठाँउमा वितरण गर्ने गरी औषधि उपलव्ध गराएका हौं ।’

त्यस्तै स्वास्थ्य सचिव अर्यालले एपोनले गरेको हयोगप्रति धन्यवाद दिदैं, आपतका बेला निजी क्षेत्रले गरेको सहयोगको उच्च मुल्यांकन गरिने समेत बताए ।

उक्त औषधि एपोनले टेकुस्थित गोदाम पठाएको छ । त्यहाँबाट प्राकृति प्रकोप एवम् प्रभावित जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ ।