काठमाडौं- वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान नवनिर्मित सर्जिकल भवनको उदघाटन गरेका हुन् ।
नव निर्मित भवनको उद्घाटन कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्राडा.जागेश्वर गौतमले आइसियु, एचडियु र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको बताए ।
२५ वटा आकस्मिक बेडलाई बढाएर १००, थप १०० थपि आइसियु बेड २०० पुर्याउने तथा मिर्गौला डाइलाइसिसको मेशिनलाई १५बाट बढाएर १०० पु्याउने, दैनिक ७५ वटा सर्जरी पुर्याउने योजना गरेका बताए ।