काठमाडौं- अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाल ल्याइएको छ । खोप बोकेर उडेको कतार एयरको चार्टर फ्लाइट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गरेका हुन् ।
जे एण्ड जे विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेको खोप हो । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ।
अहिले आएको जोन्सन एण्ड जोन्सन खोप अनुदान सहयोगमा आएको हो ।