काठमाडौं - काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको छ ।
सो बैठकमा लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।
उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको हो ।