काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको स्वाव परीक्षणगर्दा पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना मुक्त भएका छन् । सोहि अवधिभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउँने हुल संखया ९ हजार ८०७ जनाको पुगेको छ ।
हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।