काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोना संक्रमण देखिएको छ । सोहि अवधिभर १८१६ जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यष मन्त्रालयका अनुसारपीसीआर परीक्षणबाट २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिललो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितकाृ मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपमालमा मृतकको कुल संख्या ९ हजार ८३४ पुगेको छ ।
हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निको भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ ।