कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समिति बैठकमा स्मार्ट लकडाउनकाे प्रस्ताव गरिएको छ
सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव आए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए ।
अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय लिने र संक्रमण बढेका स्थानहरुमा लकडाउन गर्ने र घटेका स्थानहरुमा खुला गर्दै लैजाने तयारी भएको उहाँको भनाइ छ ।
संक्रमणको चेन ब्रेक गर्न भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको थियो तर असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाइएको छ ।
हाल काठमाडौं उपत्यका लगाएत देशका अधिकान्स भागमा अहिले पनि आन्सिक लक्डाउन रहेको अवस्था छ ।
अहिले विद्यालय, सार्वजनिक स्थाल, पार्टी प्यालेस, सिनेमा हल लगायत मानिसको भीड हुने स्थानहरु बन्द रहेपनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नहुँदा खुला रहेका क्षेत्रहरुबाटै संक्रमण फैलिरहेको अवस्था छ ।