नेपालगन्ज- बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका नुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ कञ्चनपुरकी ७५ बर्षीया महिला र भेरीगंगा नगरपालिका ५ सुर्खेतका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।