काठमाडौं- कोभिडविरुद्धको अभियानलाई सहयोग गर्ने क्रममा दामियन फाउण्डेशनले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) लाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार फाउण्डेशनका नेपाल प्रतिनिधि डा.सुशील कोइरालाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे ।
सामग्रीहरुमा १५ वटा प्यासेन्ट मोनिटर, ३०० थान पीपीई सेट र २००० थान ग्लोव्स रहेको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा टेकु अस्पतालले जसरी सेवा प्रदान गरेको छ अवको सम्भावित तेस्रो लहरलाई पनि सहज ढंगले व्यवस्थापन गरोस भन्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेको फाउण्डेशनका नेपाल प्रतिनिधि डा.कोइरालाले बताए ।
अस्पतालका निर्देशक डा. बास्तोलाले अत्यावश्यक सामग्री सहयोग गरेकोमा फाउण्डेशनप्रति आभार व्यक्त गरे । साथै डा. बास्तोलाले न्युनतम स्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम बढ्दै गएको बताए ।