काठमाडौं- भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३५ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ६९ हजार ५५८ पुगेको छ ।
त्यस्तै भारतमा अझै ४ लाख ९ हजार ३२७ जना संक्रिय संक्रमित रहेका छन् ।
त्यहाँ एकैदिन ४४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ३३९ पुगेको छ ।