कर्णाली- कर्णाली प्रदेशमा हाल सम्म दुईलाख भन्दा बढि नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले साउन २५ गते बिहानसम्मा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ ।
निर्देशनालयका अुसार यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ ।
पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ । विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो ।
यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए । ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् ।