काठमाडौं– भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर भने ३७६ जनाको कोरोनाका कारसण निधन भएको छ ।
भारतमा पछिल्लो समय दैनिक संक्मित संख्यामा कमी आइरहेको अवस्थाम पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४२९ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ९७ हजार १७ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ९१९ जना संक्रिय संक्रमित छन् ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ७१५ पुगेको छ ।