काठमाडौं- बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउनका रोक गरिने भएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
जिल्ला अधिकारी भट्टराईका अनुसार बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनन सञ्चालनमा रोक लगाइएको हो । ुअब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उनले बताए ।
भट्टराईले पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उनले बताए ।