काठमाडौं– भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर ४६७ जना कोरोना संक्रमितको मृच्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३१६ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ३३ हजार ३३३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ५२६ जना संक्रिय संक्रमित छन् ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार १८३ पुगेको छ ।