काठमाडौं – भारतमा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर ५११ जना संक्रमितले जयान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार ६४१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ७६ हजार ९७४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ६६३ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ७०२ पुगेको छ ।