एमाले नेता तथा प्रदेश सांसद भीम आचार्य बिहीबार नै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । दाजु मुख्मन्त्री बनेकै दिन उहाँका भाइ सुतेकै ठाउँमा मृत भेटिनुभएको छ ।
भीमका भाइ राम आचार्य सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा सुतेकै अवस्थामा मृत भेटिनु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
बिहीबार बिहान १०ः३० बजेतिर जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घरको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा आर्चाको शव भेटिएको छ ।
५९ वर्षीय राम आचार्यलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशन जस्ता समस्या रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएका छन् । प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।
भीम आचार्य मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला घटना भएपछि उहाँलाई तत्काल जानकारी दिइएको थिएन । आचार्यले मध्यान्ह साढे १२ बजेतिर प्रदेश १ को मुख्यमन्त्रीका रुपमा सपथ लिनुभयो