काठमाडौं- नेपाल आयुर्वेद औषधि उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवापुस्तामा आएको हो ।
मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
संघको उपाध्यक्षमा डा खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह-कोषाध्यक्षमा डा सुमन पौडेल चयन भएका छन्।
सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।