काठमाडौं । गरिव तथा बिपन्नहरूका लागि जिल्लाको ग्रामीण क्षेत्रहरूमा संचालन हुने निःशुल्क शिविर प्रभावकारी देखिएको छ ।
भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको मोतीविन्दु छनौट, आँखा जाँच तथा आँखा अप्रेशन शिविरमा झन्डै एक हजार जनाले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा नौ सय ८० जनाको आँखा जाँच गरिएको थियो ।
साथै ४८ जनाको मोतीबिन्दुको अप्रेशन गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले जानकारी दिए ।नेत्र बिशेषज्ञ डाक्टर सुनिता कोइरालाले शिविरमा सेवा दिएकी थिइन् । शिविरमा चश्मा तथा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।