एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । पश्चिमी क्षेत्रस्थित नाराको एक राजनीतिक कार्यक्रममा सडकमा भाषण गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।