काठमाडौं। बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले अनुगमन गरेका छन्।
शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए।
राज्य मन्त्री केसीले भने, ‘अस्पतालले आम नागरिकलाई सहज सेवा उपलब्ध गराएको छ। अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापनका लागि पहल गर्छु ।
राज्य मन्त्री केसी लाई अस्पताल प्रशासनले ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त ध्यानाकर्षण पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न आवश्यक भएको , अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन , मेशिनरी औजारहरुको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरीएको अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले जानकारी दिए।