काठमाडौं । नेपाल चिकित्सक संघका सदस्य एवं सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पूर्व स्वास्थ्य निर्देशक डा दिलबहादुर केसीको निधन भएको छ। केसीको यही असार २४ गते शुक्रबार निधन भएको हो।
संघले शोक सन्देश जारी गर्दै स्व डा केसीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुर्याएको योगदान सबैको मानसपटलमा सदा स्मरणयोग्य रहने जनाएको छ।प्रतिष्ठित स्त्री तथा प्रसुती रोग विशेषज्ञलाई गुमाउन पुगेकोमा संघ परिवार मर्माहित भएको पनि संघले उल्लेख गरेको छ।