काठमाडौं । नेपालमा एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल ३८४४ नमुना परीक्षणका क्रममा २०६ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।