काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले आगामी असार ३१ गते शुक्रबारका दिन निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
भक्तपुरको दरबार स्क्वायरस्थित श्री पद्म माध्यामिक बिद्यालयमा उक्त शिविर सञ्चालन गरिने अस्पतालका Deputy Medical Director डा .अशोक कुमार राईले बताए । उनका अनुसार बिहान ९ बजेदेखी १ बजेसम्म बिरामी दर्ता गरिने छ भने बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म बिरामी परीक्षणको समय रहनेछ ।
लायन्स क्लब अफ भक्तपुर नागरिक र नागरिक सामुदायिक अस्पतालको सहकार्यमा हुन लागेको उक्त शिविरमा हाडजोर्नी,जनरल फिजिशियन, स्त्रीरोग,डेन्टल, आँखारोग, बालरोगको विशेषज्ञसहितको सेवा पाइने छ । नागरिक अस्पतालले आफ्नो साम्दायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।
शिविरमा परीक्षणका क्रममा आएका बिरामीहरुलाई शल्यक्रिया तथा अन्य परीक्षणको आवश्यकता परेमा अस्पतालले विशेष छुटमा उपचार गर्ने डा . राईले बताए ।