काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा चार जनामा प्रत्यारोपण भएको हो।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार अर्घाखाँचीकी २६ बर्षीया छोरीले ४८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको छ ।
यस्तै दोलखाका २७ सौतेनी छोराले ३८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको थियो । तनहुँका ३६ बर्षीया श्रीमानले ३५ बर्षीया श्रीमतीवाट र काभ्रेका ३५ बर्षीय छोराले ५२ बर्षीय बुवावाट मिर्गौला दान गर्नुभएको थियो ।
डा.श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
केन्द्रले यसै आर्थिक बर्ष सम्ममा जम्मा निशुल्क नौ सयजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । ती मध्ये ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरि सकेकोछ । उहाँले हाल छ सय जना मिर्गौला रोगी पालो कुरेर बसेको जानकारी दिनुभयो ।
केन्द्रको नेतृत्व परिवर्तनसंँगै वार्षिक करिव दुई सय जनाको दरले मिर्गौला प्रत्यारोपण भइरहेको छ ।
डा.श्रेष्ठको नेतृत्व आएको ९ महिना अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।