भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ ।संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए।
बिरामीलाई उच्च ज्वरो र शरीरमा छाला जस्ता लक्षणहरू देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले बताइन्। उक्त व्यक्ति विदेशमा मंकीपक्सका बिरामीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्री वीणा बताइन्।बिरामीको सम्पर्कमा आएका अटो चालकलगायत ११ जना यात्रुको पनि परीक्षण गरिने छ।