काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले आगामी साउन १ गते आइतबारका दिन निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नागरिक सामुदायिक अस्पताल मै उक्त शिविर सञ्चालन गरिने अस्पतालका Deputy Medical Director डा .अशोक कुमार राईले बताए । उनका अनुसार बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म शिविर सञ्चालन रहनेछ ।
लायन्स क्लब अफ भक्तपुर नागरिक ,नागरिक सामुदायिक अस्पताल र अपोलो अस्पताल चेन्नाइ भारत को सहकार्यमा हुन लागेको उक्त शिविरमा अपोलो अस्पतालकी बरिष्ठ डा. सपना बर्मा कलेजो रोग तथा ट्रान्सप्लान्ट सम्बन्धी निशुल्क शिविर सञ्चालन गर्न लगेको हो
शिविरमा परीक्षणका क्रममा आएका बिरामीहरुलाई शल्यक्रिया तथा अन्य परीक्षणको आवश्यकता परेमा अस्पतालले विशेष छुटमा उपचार गर्ने डा .राईले बताए ।