काठमाडौं- पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन्।
१ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन्।