धनुषा । भारतबाट अवैध रूपमा भित्र्रयाइएका मेडिकल उपकरणसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले १ करोड मुल्य बराबरका ती उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
भन्सार छलेर ल्याइएका ती सामान जनकपुरधाम उपमहानगरपालिका– ९ को सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त सामानहरु भेटिएको थियो ।
पक्राउ पर्नेमा भारतीय नागरिक विपिनकुमार सिंह, शङ्कर सिंह र सुरज सिंह रहेका छन् । उनीहरु चोरी पैठारीमा संलग्न रहेको बताइएको छ ।