काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४१ नमुना परिक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १४३९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन्।