एजेन्सी । भारतमा राष्ट्रव्यापी खोप अभियानअन्तर्गत २ अर्ब खोप लगाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पहिलो, दोस्रो र बुस्टर डोजसमेत गरी यति खोप अहिलेसम्म लगाइएको हो।
भारतमा सन् २०२१ को जनवरीमा विश्वकै ठूलो खोप अभियान सुरु गरिएको थियो। त्यसयताका १८ महिनामा २ अर्ब खोप लगाइएको बताइएको छ। भारतमा २४ घण्टामा १६ हजार ४७८ कोरोना संक्रमित थपिएका छन् भने ३१ जनाको मृत्यु भएको छ। यस्तै, १३ हजार ६६५ जना निको भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४१ हजार ५७४ छ।
भारतको पश्चिम बंगाल र सिक्कीममा संक्रमित दर १८ प्रतिशतमा पुगेको छ भने महाराष्ट्र र तमिनलाडुमा तीव्र रुपमा संक्रमित बढिरहेका छन्।चीनले ३ अर्ब ४१ करोड खोप लगाएकोमा १ अर्ब २६ करोड पूर्ण खोप हो।