काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४६५१ नमुना परिक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन्।