काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना देखिएको थियो । आइतबारदेखि सामान्य रुघा र सोमबार बिहानबाट हल्का ज्वरो आएपछि उनी उपचारका लागि पुगेका थिए ।
सोमबारदेखि नै चिकित्सकको निगरानीमा रहेका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका हुन् । सोहि साँझ कोरोना रिपोर्ट पोजिटिभ भएको रिपोर्ट आएको हो ।
चिकित्सकका अनुसार उनलाई हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।