काठमाडौ । वीर अस्पतालले गम्भीर प्रकारका मुटुका बिरामीहरुलाई लक्षित गर्दै पहिलोपटक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन लागेको छ ।
मुटुका बिरामीका लागि अत्यावश्यक उक्त मेसिन सरकारले दिएको बजेटबाट नै खरिद गरिने अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले बताए।
उक्त मेसिन खरिदका लागि करिब १ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले बताए । अस्पतालमा मुटुको उपचारका लागि आएका बिरामीलाई क्याथ ल्याब छैन भन्दै अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था भएकाले अस्पतालमै सेवा विस्तार गर्न लागेका हौँ,’ उनले भने, ‘मुटुका बिरामीलाई सहज रुपमा सेवा दिन क्याथ ल्याब सेवा सुरु गर्न लागिएको हो।’
वीर अस्पतालमा हाल मुटुको ओपिडी, आइसीयू, इको, टिएमटी सेवा सञ्चालनमा छ।