काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले स्वास्थ्यकर्मी, प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा आवेदन आव्हान गरेका छन्।
प्रत्यारोपण केन्द्रले रजिस्ट्रार रेडियोलोजी, रजिस्ट्रार प्याथोलोजी, मेडिकल अधिकृत, हेल्थकेयर म्यानेजमेन्ट अधिकृत, असिस्टेन्ट फर्मासिस्ट, ल्याब असिस्टेन्ट, स्टाफ नर्स र एनेस्थेसिया असिस्टेन्ट पदमा आवेदन माग गरेको हो।
यस्तै, प्रसूति गृहले शाखा अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन र सहायक फर्मासिस्ट पदमा आवेदन माग गरेको छ।प्रत्यारोपण केन्द्रले २१ दिन र प्रसूति गृहले १५ दिनभित्र आवेदन दिनुपर्ने मिति तोकेको छ।

