काठमाडौं । अत्यधिक संक्रामक मानिएको कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति नेपालमा पुष्टि भएको छ । ओमिक्रोनको उपप्रजाति बीएफ।वान नेपालमा पनि पहिचान भएको हो ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ ।
कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण ९जिन सिक्वेन्सिङ० मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् । हालसम्म नेपालमा यो प्रजाति नदेखिए पनि अहिले पुष्टि भएपछि यसको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई गराइएको छ । यो उपप्रजाति हालसम्मकै बढी संक्रामक मानिएको छ ।
स्रोतका अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए।फाइभ’ देखिएको हो । यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।
विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ।वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ । पछिल्लो दुई सातायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमा दोस्रो डोज खोप लगाएकाहरु पनि पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल संक्रमणदर १० प्रतिशतले नाघिसकेको छ । विज्ञका अनुसार यो कोरोनाको चौथो लहर हो ।