काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, भने ५ कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३४ जनाको नमुनाको परीक्षण हुँदा ८१५ संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा ४७६ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ रहेको छ ।