काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ८७ जनाको नमूना परीक्षण गर्दा एक सय ४ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन् । यसैगरी, हाल नेपालमा २३ सय १६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।