काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारसमक्ष आफ्ना माग राख्दै भदौ २७ गते अनशन बस्ने भएका छन्। उनले सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको शय्या संख्या अनुसार बढाउन माग गरेका छन्। चिकित्सा क्षेत्र सुधारका मागको गर्दै डा गोविन्द केसीले आफ्नो पछिल्लो २० औ सत्याग्रह सुरु गर्ने लागेका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्ड सहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।