काठमाडौँ । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। बिराट मेडिकल कलेज ले‘आशालाई जगाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ ।

यसै अबसर मा बिराट मेडिकल कलेजमा अध्यानरत सातौ ब्याच का बिद्यार्थीहरुको संलग्नता र नेतृत्व मा सचेतना मुलक नाटक र्यालीको आयोजना गरियो थियो । साथै आत्महत्या रोकथाम बिद्यार्थीहरुले आफ्नो समर्थन र सात जनाउदै सामुहिक दिप प्रज्वलनको कार्यक्रम गरेको छ ।


कार्यक्रममा बिद्यार्थीहरुले मानब जीवनको मुल्य बुझी जिबन मा आइपर्ने जस्तो सुकै परिस्थितीको पनि सामन गर्न अनुरोध गरेका छन ।

जीवन अमुल्य छ ,जीवन अपरिहार्य छ ,जीवन जिउन सिकौ ,जीवन मेटन लाई होइन ।