काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा कोरोना संक्रमणका कारण १ जनाले ज्यान गुमाएका छन् । यसैगरी, हाल नेपालमा २२७१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।