काठमाडौं । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०८४ जनाको नमूना परीक्षण गर्दा ११९ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१९१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन्।