हेटौंडा (मकवानपुर) । पछिल्लो समय मुलुकभरका विभिन्न स्थानमा डेंगु संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यसैबीच मकवानपुरमा आज एकैदिन १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा मकवानपुरमा मात्रै १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको मकवानपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज दिउँसोसम्मको रिपोर्टअनुसार १ हजार ३ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको भएको छ । जसमध्ये ७ सय ७४ जना पुरुष र ५ सय ५७ जना महिला रहरेका छन् ।
मकवानपुरमा मंगलबार मात्रै ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । ९५ जनामध्ये हेटौैँडाका मात्रै ९२ जना थिए । बाँकी मकवानपुरगढी, मनहरी र बागमती गाउँपालिकाका १र१ जनामा संक्रमण देखिएको हो ।
डेंगु संक्रमणबाट हेटौँडामा १३ वर्षीय बालकको मृत्यु भइसकेको छ । डेंगु संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्न सबैखाले सुरक्षा अपनाउन गरिएको छ ।