कैलाली । स्वास्थ्यमा जटिल समस्या देखिएपछि डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।
धनगढीमा २०औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी गत सोमबार धनगढीस्थित कृष्ण मन्दिरमा २०औं सत्याग्रहमा बसेका थिए ।
सोही क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएका छ । डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका हुन् ।