काठमाडौं । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने। बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन ।
यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन्। त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ।
घरेलु उपाय
—माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस्।
—सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस्।
—थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस्।
—दुधमा २/३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस्।
—सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस्।
—खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस्।